दुलेगौंडा । तनहुँको व्यास नगरपालिका–८ रिस्ती बेलथुम्कीमा भालुको आक्रमणबाट एक व्यक्ति घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँका ३५ बर्षीय गोरे कामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताए ।
बिहीबार विहान घाईते गोरेले आफ्नै पाखो बारीमा बादरले मकै खाएको भनी लखेट्न जादाँ बादर नभई भालु रहेको र सो भालुले आक्रमणबाट घाईते भएको प्रहरीले जनाएको छ । घाईते गोरेको निधारको भाग काटेको र बायाँ खुट्टाको साप्रामा दाँत गाडीए जस्तो गहिरो चोट रहेको छ ।
घाईते भएपछि उनको उपचारको लागि जिल्ला अस्पताल दमौली लगिएको थियो । अस्पतालको सामान्य उपचारपछि गोरेको थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । हाल घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।