पाेखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘ सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा आर्चरीका किशोर कुमार गुरुङ बर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन् ।
बर्ष उत्कृष्ट प्रशिक्षक भएसंगै गुरूङले ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरेका छन् ।
वर्ष उत्कृष्ट प्रशिक्षककाे दाैडमा आर्चरीका किशोर ,टेनिसका निरज थापा र आइटिएफ तेक्वान्दोका सुरज सुनार रहेका थिए । किशोर स्याङजाका हुन् भने निरज र सुरज कास्कीका हुन् ।