काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।
नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो ।
प्रतियोगिताकाे फाईनल खेल साेमबार (वैशाख १८ गते) हुनेछ ।