काठमाण्डाै – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आज कुवेतसँगको खेल वर्षाले रद्द भए पनि नेपाल फाइनलमा पुगेको छ ।
नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभर ३ बलको खेल सकिँदा कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द हुँदा नेपाल विजयी भएको हो ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । तथापि नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।