दुलेगौंडा । नेत्रविक्रम चन्द ’विप्लव’ले प्रचण्डको सरकार कहिलेसम्म अगाडी बढ्छ भन्ने टुङ्गो नभएको बताएका छन् । बुधबार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा भएकोे व्यवसायीसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।
‘प्रचण्ड जि को सरकार पनि टिक्छ टिक्दैन थाहा छैन् । यो सरकार पनि कहिले सम्म हो, दुई बर्षसम्म त घोषितै मिति हो, त्यो पनि टुङ्गो छैन् ।’ उनले भने ।
उनले राज्यको चरित्र पनि दलाल प्रवृत्तिको रहेको बताएका छन् । पछिल्लो समय जनता असन्तुष्ट हुनुको मुख्य कारण राजनीतिक परिर्वतनपछि मान्छेको आर्थिक परिर्वतन नभएको उनको भनाई छ । उनले सरकारलाई जनताको जिवनस्तर कहिले परिर्वतन गर्ने ? भनेर प्रश्न पनि गरेका छन् । ‘हामी मन्त्री फेरेको र सरकार ढलेको मात्रै हेरेर बस्नुपर्ने, पैसा त्यही खर्च हुने हो भने, जनताको जिवन कहिले परिवर्तन गर्ने हो ?’ उनले भने ।
विप्लपको तनहुँ जिल्ला सेक्रेटरी विलास परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा विप्लवका नगर ईन्चार्ज गणेश लाम्घादे लगायको उपस्थिती रहेको थियो ।