तनहुँ । आइतवार हुने उपचुनावका लागि मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्याउन थालिएको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपचुनाव हुँदैछ । जिल्ला निर्वाचन कार्यालयले आवश्यक तयारीसहित, मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन थालेका छन् । त्यस्तै, आवश्यक सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।
उपचुनाव हुने क्षेत्रमा गएरातिदेखि नै मौन अवधि सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो । तनहुँ–१ मा चुनाव जितेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि र बारा–२ मा जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उपचुनाव हुन लागेको हो ।