तनहुँ । तनहुँको डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल तनहुँ आउने भएका छन् ।
सत्तारुढ दलका शीर्ष नेताहरु उपनिर्वाचनको प्रचारका लागि तनहुँ आउने भएका हुन् । उपनिर्वाचनमा यस क्षेत्रबाट गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई उम्मेदवार रहेका छन् ।
भट्टराईको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले र नेकपा (एमाले) का सर्वेन्द्र खनालसंग हुने छ ।