काठमाडौं । वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ । आइतबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभर प्रदूषण बढेको बताए ।
पानी नपरेका कारण हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको उनको भनाइ छ । बारा, पर्सा र चितवन क्षेत्रको धुवाँका कारण काठमाडौंमा प्रदूषण बढेको स्याटेलाइट इमेजमा देखिएको पौडेलले बताए ।