दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लियाे क्लब अफ खैरेनीटार-दुलेगौंडा मन्त्रले नयाँ वर्षको अवसर पारेर मिनि म्याराथन (दाैड) प्रतियोगिता आयाेजना गरेको छ ।
प्रतियोगितामा धावकले शुक्लागण्डकी नगरपालिका-२ हलेदिदेखि शिलादेवी मन्दिर सम्मकाे उकालो ४ किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । जहाँ प्रथम हुनेलाई नगद १० हजार, द्धितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ३ हजार साथमा प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगिता भाेलि (बैशाख २ गते ) विहान ७ बजे सुरू हुने भएको छ ।
स्थानीय स्तरमा रहेको पर्यटकीय क्षेत्रकाे प्रवर्द्धन गर्ने हेतुले दाैड प्रतियोगिताकाे आयाेजना गरिएको क्लबका अध्यक्ष प्रज्वल गुरूङले बताए ।