दुलेगौंडा । तमु ह्युला छोँज धिँ (गुरुङ राष्ट्रिय परिषद) शुक्लागण्डकी नगर समितिको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । मंगलबार भएको समितिको दोस्रो नगर अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा भोषबहादुर गुरुङ, सचिवमा डिलबहादुर गुरुङ, सहसचिवमा प्रज्वल गुरुङ, कोषध्यक्षमा रुपा गुरुङ चयन भएका छन् ।
यसै गरि समितिको सदस्यमा डिलबहादुर गुरुङ, मोतिराज गुरुङ, पेबराज गुरुङ, चुमान बहादुर गुरुङ, गुनबहादुर गुरुङ, दिपेन्द्र कुमार गुरुङ र फत्तबहादुर गुरुङ चयन भएका छन् । गुरुङ भाषको कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने मुल उद्देश्यका साथ समितिको गठन भएको हो ।