तनहुँ । आगामी वौशाख १० गते तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुदै छ । रमष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पछि खालि रिक्त रहेको तनहुँ–१ र बारा–२ मा निर्वाचन हुन लागेको हो ।रामचन्द्र पौडेल राष्ट्रपतिमा र रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।
उपनिर्वाचनको लागि बारा–२ र तनहुँ–१ मा २६ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्।
यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ। चितवन–२ मा १८ दल दर्ता भएका छन्।