काठमाडौं । तनहुँ क्षेत्रनम्बर १ का हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र– १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने भएको हो ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए ।
त्यस्तै उपराष्ट्रपति निर्वाचित राम सहायक प्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुँदैछ ।