दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिक-७ का स्थानीयले वस्ती जोगाउन श्रमदान गरेका छन् । भलपानीले वस्ती पछाडिको भिरालो जमिनमा पहिरो जाने र बस्ती नै जोखिममा पर्ने खतरा बढेपछि खुर्सानीबास खोल्सा भलपानीको उचित व्यवस्थापन गर्न स्थानीयले श्रमदान गरेको शुक्लागण्डकी-७ का वडाध्यक्ष खड्क सिं थापाले बताए ।
वडा नम्बर ७ को शितलपाटी टोल, प्रकृतिदेवि मनकामना टोल, सुन्दर टोल, जागृति टोल, दोभान टोल र शिवचोक टोलका स्थानीयहरूले स्पतस्स्फूर्त रूपमा श्रमदान गरेको वडाध्यक्ष थापाले बताए ।
वडाको समन्वयमा श्रमदान कार्यक्रम आयोजना गरेको हो । वडाको विकास र संरक्षण स्थानीयहरूको पनि सहभागी वृद्धि गर्न श्रमदान कार्यक्रम आयोजना गरेको थापाको भनाइ छ ।