दुलेगौंडा । तनहुँ जिल्ला स्तरीय आई टि एफ तेक्वाण्डो प्रतियोगितामा शुक्लागण्डकी नगरपालिकाले तृतीय स्थान हासील गरेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा शुक्लागण्डकीले ३४ पदक प्राप्त गरेको छ । जहाँ ८ स्वर्ण, ८ रजत र १८ कास्य पदक रहेको छ । प्रतियोगितामा शुक्लागण्डकीका अनिस थापा मगर सर्वाेत्कृष्ट खेलाडी घोषित भएका थिए ।
आत्मारक्षाका लागि खेलीले खेलमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुदै गएको आई टि एफका जिल्ला उपाध्यक्ष उत्तम थापा मगरले बताए । उनका अनुसार शुक्लागण्डकीमा हाल ५६ जना प्रशिक्षार्थी आईटिएफमा संलगन रहेका छन् ।
जिल्लास्तरीय प्रतियोगितामा ऋषिङ गाउँपालिका प्रथम र भिमाद नगरपालिका द्धितीय बनेको छ ।