तनहुँ । २०८० सालमा शनिवारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।
सार्वजनिक बिदा राजपत्रमा प्रकाशित समेत भएको छ । राजपत्रमा बिदाका दिन पनि विभिन्न सरकारी कार्यालय खुल्ने उल्लेख गरिएको हो । बिदाका दिन नागरिकता, राहदानी, भन्सार तथा राजस्व सम्बन्धी सेवा, सवारी अनुमति पत्र लाइसेन्स, सवारी साधन दर्ता तथा नवीकरण लगायत यातायात व्यवस्थापन सम्बन्धी सेवा, खानेपानी, भेटेरिनरीलगायत सेवाका कार्यालयहरु खुल्नेछन् ।