दुलेगौंडा । खैरेनीटारमा जारी शुक्लागण्डकी महोत्सव–२०७९ को पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता भोलि अर्थात फागुन २४ गतेबाट सुरु हुने भएको छ ।
प्रतियोगितामा हालसम्म १२ पालिकाले टिम दर्ता गरेको र अन्य दुई पालिका सम्पर्कमा आएको महोत्सवका खेलकुद संयोजक प्रेमबहादुर श्रेष्ठले बताए । यसअघि २३ गतेबाट सुरु हुने भनिएको खेल बर्षको पानीले खेलकुद मौदना हिलो भएको हुदाँ खेल सुरु हुन नसकेको हो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ५० हजार, द्धितीय हुने समुहले १ लाख, तृतीय हुने समुहले २५ हजार र सान्त्वना हुने समुहले १५हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार साथै बेष्ट स्पाईकर, बेष्ट सेटर, बेष्ट डिफेन्डर, बेष्ट ब्लकर, बेष्ट सर्भर र बेष्ट कोचलाई नगद २ हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।