दुलेगौंडा । सामाजिक कार्यमा सम्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनको अध्यक्षमा कमल ग्रह्रे चयन भएका छन् । सोमबार झरौटामा भएको होली मिलन तथा चुनावी कार्यक्रमबाट ग्रह्रे लायन बर्ष २०२३/०२४ का लागि अध्यक्षमा चयन भएका हुन् ।
समितिको प्रथम उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठ, द्वितिय उपाध्यक्षमा देवीभक्त राना र तृतिय उपाध्यक्षमा सुवास गिरी चयन भएका छन् ।
यसै गरि लायन्स क्लब अफ बेलचौतारा टाउन को अध्यक्षमा बिनिता बिश्वकर्मा , प्रथम उपाध्यक्ष सकुन्तला श्रेष्ठ र द्वितिय उपाध्यक्ष अनीता थापा सर्बसम्मतबाट चयन भएका छन् ।