दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-६ मा शनिबारदेखि पाँचौ औं लखन थापा स्मृति कप सुरू भएको छ । `मगर भाषा संस्कार र संस्कृति हाम्रो पहिचान, आर्थिक, सामाजिक, शैक्षिक, खेलकुद र राजनीतिक रूपान्तरण हाम्रो अभियान´ भन्ने मुल नाराकाे साथमा नेपाल मगर संघ, शुक्लागण्डकी नगर समितिले ४१ औ मगर एकता दिवसको अवसरमा उक्त कार्यक्रमकाे आयाेजना गरेको हाे ।
१५ गते अर्थात मगर दिवससम्म सञ्चालन हुने प्रतियोगितामा खुला पुरूष भलिबल प्रतियोगिता, भेन्ट्रान्स भलिबल, महिला भलिबल, ब्याडमिन्टन प्रतियोगिता, बाेरा जम्प, सियाे धागाे, ज्याभलिङ थ्राे, रस्सि तान्ने लगायतका प्रतियोगिता हुने आयाेजकले जनाएको छ ।
नेपाल मगर संघ शुक्लागण्डकीका अध्यक्ष अमरराज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), वडाध्यक्ष खड्ग सिं थापा, मगर संघको जिल्ला सल्लाहकार मनबहादुर पुन, संघका पूर्व अध्यक्ष सुमन आले, मगर अभियान्ता केशुराम आले, मगर भुपु सैनिक तथा प्रहरी संगठनकाे जिल्ला अध्यक्ष यामबहादुर आले, संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर राना लगायतको बाेलेका थिए ।