काठमाण्डौ । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहान ललितपुरमा रहेको पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । नेम्वाङले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने छ ।