दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको ओमकारेश्वर शिव पाञ्चायन मन्दिर दुलेगौँडाको शिला अनावरण तथा दानवीर सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
दुलेगौँडा आमा समुहले मन्दिर पुनः निर्माणमा सहयोग गर्ने संघसंस्था तथा दानवीरहरुलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा जिन्सी तथा नगद सहयोग गर्ने १२३ जना दानबीरहरुलाई सम्मान गरिएको दुलेगौँडा आमा समुहकी अध्यक्ष मिना बसौलाले जानकारी दिइन् ।
समुहको अध्यक्ष बसौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, वडा नं–४ का वडाध्यक्ष राजकुमार वाग्ले, निर्वमान वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, शुभकामना सहकारीका हरिबहादुर खड्का, बह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलेगौँडाकी प्रमुख रश्मी खड्का, दुलेगौँडा खानेपानीका अध्यक्ष गजेन्द्रप्रसाद पौडेल, दानबीर किरणकुमार श्रेष्ठ, अद्दैत संस्थाका शरण गर्तौला, ईश्वरी कायस्थ, पार्वती पौडेल, समुहकी उपाध्यक्ष गोमा थापा, सचिव मधु पौडेल लगायतले बोलेका थिए ।