दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ उत्तम टोलमा भलिबल प्रतियोगिता हुने भएको छ । उत्तम टोलविकास संस्था र जनचेतना युवा क्लबले फागु पूर्णिमाको अवसर पारेर वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण र प्रर्बद्धन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको टोल विकास संस्थाका अध्यक्ष लेखबहादुर शाहिले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले नगद ३० हजार र तृतीय हुनेले नगद १५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट ब्लकर र बेष्ट स्पाईकरलाई उचित पुरस्कारको व्यवस्था गरिएको जनचेतना युवा क्लबका सदस्य एवम् खेलका सह संयोजक धिराज केसीले बताए ।
प्रतियोगिता फागुन १७ गतेदेखी २२ गतेसम्म उत्तमटोल खेलमैदानमा हुने भएको छ ।