काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा चैत १२ गतेदेखि सुरु हुने भएको छ । चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।
यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । स्ववियु निर्वाचन भाग लिन नदिनका लागि हतारमा परीक्षा सन्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कोरोना महामारीको समयमा बिग्रिएको शैक्षिक क्यालेन्डरका कारण हाल त्रिविमा २०७७ ÷ २०७८ सालमा भर्ना भएकाहरु गरी दुई ब्याच छन् । त्यसैले चार वर्षे स्नातक तहमा पाँच वटा ब्याच छन् ।