दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियाेगिताकाे उपाधि तालबेसी माध्यमिक विद्यालयले हात पारेको छ ।
प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ४ कास्य पदक सहित तालबेसीले रनिङ शिल्डकाे उपाधि हात पारेको हाे ।
प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयले ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित द्धितीय भएको छ ।
यसैगरी पञ्चमुनीदेव माध्यमिक विद्यालयले ५ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित तृतीय स्थानमा परेको छ ।