दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घडेरीमा भएको साविक वडा स्तरीय भलिबल प्रतियोगिताकाे उपाधि ठकुरी समाजले हात पारेको छ । मिलेनियम युवा क्लबले ३१ औं श्रीपञ्चमीको अवसर पारेर आयोजना गरेको भलिबल प्रतियोगिताकाे फाइनल खेलमा ठकुरी समाजले आयाेजकलाई ३-२ सेटको अन्तरमा पराजित गरि उपाधि हात पारेको हाे ।
जित संगै ठकुरी समाजले नगद ४० हजार र द्धितीय भएको आयाेजकले नगद २५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरी तृतीय हुने दरबारथाेक युवा क्लबले नगद १५ हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको रूपमा अमृत विक घाेषित भएका छन् ।
क्लबका अध्यक्ष नविन गुरुङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-१२ का वडाध्यक्ष ईन्द्र गुरूङ, घडेरी टाेल विकास समितिका अध्यक्ष नेत्रनारायण गाैतम लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियाे ।