दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ थामडाँडामा भलिबल र फुटबल प्रतियोगिता हुने भएको छ । थामाडाँडा युवा क्लबले महाशिवरात्री मेला एवम् ११ औं उ.मो.स स्मृती कप आयोजना गर्न लागेको हो ।
स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लेख बहादुर रानाले बताए । उनका अनुसार क्लबले साविक वडा स्तरीय पुरुष÷महिला भलिबल प्रतियोगिता संगै सेभेन ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो ।
पुरुष भलिबल तर्फ प्रथम हुनेले नगद ४५ हजार द्धितीय हुनेले नगद ३० हजार त्यसैगरि महिला भलिबल तर्फ प्रथम हुनेले नगद १५ हजार र द्धितीय हुनेले नगद १० हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । भलिबल खेलमा बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेष्ट ब्लकर र अनुशासित टिमलाई उचित पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अमित आलेले बताए ।
यसै गरि फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले खसी र द्धितीय हुनेले बोका साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिता फाल्गुन १ गते देखि ७ गते सम्म सञ्चालन हुने छ । शिवरात्री मेलाको अवसरमा मकै गन्ने र छेलो प्रतिायोगिता पनि हुने क्लबका पूव सचिव किसान थाापा मगरले बताए ।