दुलेगौंडा । एकता युवा क्लब शुक्लागण्डकी नगरपालिका–८ एकताटोल (लालिम) ले आयोजना गरेको साविक गाउँ तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ठकुरी समाज(बाबियोडाँडा) ले हात पारेको छ ।
मंगलबार भएको फाईनल खेलमा बाबियोडाँडाले आयोजक एकता युवा क्लबलाई ३–१ सेटको अन्तरमा जित हासिल गरेको हो । प्रतियोगिताको पहिले सेटमा आयोजकले बाबियोडाँडालाई २५–२३ को अन्तरमा पराजित गरेको थियो भने दोस्रो र तेस्रो सेटमा बाबियोडाँडाले उत्कृष्ट खेल प्रदर्शन गर्दै २५–२१ र २५–१५ को् अन्तरमा जित निकाल्दै उपाधि हासिल ग¥र्याे । यो संगै आयोजक उपविजेता बनेको छ । प्रतियोगितामा प्रकृति युवा क्लब (लामागाँउ) ले तृतीय स्थान हासिल गरेको छ ।
प्रथम हुने बाबियोडाँडाले नगद २५ हजार, द्धितीय हुने आयोजकले नगद १५ हजार र तृतीय हुने लामागाँउले नगद १० हजार साथमा कप,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा बाँबियोडाँडाका विशाल ठकुरी बेष्ट स्पाईकर र अशोक गुरुङ बेष्ट ब्लकर घोषित भएका छन् भने एकता क्लबका सुजन आले बेष्ट लिप्टर र घोषित भएका छन् ।
क्लबका अध्यक्ष टेकबहादुर जुग्जालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उप–प्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष नारायण सिं थापा, शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष बाबुराम पुलामी, एकता टोल विकास संस्थाकी अध्यक्ष कुमारी भुजेल, सफल एकता आमा समुहकी अध्यक्ष टिका जुग्जाली, सिर्जनशील आमा समुहकी अध्यक्ष दिपा वाग्ले, ठूलढुङ्गा टोल विकास समिति अध्यक्ष दिपा क्षेत्री, समाजसेवी मिलन महत, क्लबका सचिव मिलन सुवेदी, रुपेश बरेली लगायतको उपस्थिती रहेकको थियो ।