दुलेगौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) तनहुँको २२ औ जिल्ला अविधेशनले महेन्द्र श्रेष्ठकाे अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिकाे उपाध्यक्षमा निशा श्रेष्ठले, सचिवमा मनाेज बानियाँ, सह सचिवमा अमृत थापा चयन भएका छन् ।
शुक्लागण्डकी–५, बेलचौतारामा भएको अधिवेशनकाे उद्घाटन गर्दै अनेरास्ववीयु केन्द्रीय कमिटी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज सचिव सुजन भट्टराईले विद्यार्थी हकहितकालागि सशक्त ढंगले अघि बढ्न आग्रह गरे ।
अनेरास्ववीयु तनहुँका संयोजक नविन वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य रामचन्द्र उपाध्याय, विष्णुभक्त सिग्देल, अनेरास्ववीयु नेता खेम मरासीनी, नेकपा एमाले तनहुँका उपसचिव खिम बहादुर कुमाल, अनेरास्ववीयु गण्डकीका सह इन्चार्ज रिता ढकाल, प्रदेश संयोजक प्रकाश पौडेल, सह–संयोजक आरके पोख्रेल, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले बोलेका थिए ।












