दुलेगौँडा । मगरहरुको महान् पर्व माघे संक्रान्तिको पावन अवसरमा तनहुँको शुक्लागण्डकी–३, कालिम¥याङमा गाउँ तथा साविक वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । मगरहरुको संस्कृति संरक्ष्णसंगै खेलाडीहरुबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्रत्येक बर्ष माघे संक्रान्तिमा भलिबल प्रतियोगिता आयोजना हुदै आएको छ ।
माघ ०१ गतेदेखि ०५ गतेसम्म संचालन हुने प्रतियोगितामा विजेता हुने समुहले नगद रु। ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँको साथमा ट्रफि, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, तेस्रो हुनेले २० हजार र सान्त्वनाले १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागीताका लागि ४ हजार पाँच सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ । माघ ०१ गतेसम्म टिम दर्ता गर्नु पर्ने आयोजकले जनाएको छ । विद्यागततर्फ पनि उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ ।
प्रतियोगितामा तनहुँ, स्याङ्जा, कास्की र नवलपरासी जिल्लाबाट गरी करिब २५ टिमको सहभागीता रहने अपेक्षा गरिएको छ । सो अवसरमा महिलाहरुको लागि कुर्सी घुमाई, बालबालिकाको लागि बेलुन फुटाई र भेट्रान्स भलिबल प्रतियोगिता समेत आयोजना गरिने बताइएको छ । साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि हुनेछ ।