काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएका छन् ।
लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले थुनामुक्त गर्न आदेश दिएको थियो ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । उनलाई कारागारबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।