दुलेगौँडा । तनहुँको शुक्लागण्डकी–९ मा आजदेखि तेस्रो ल्होसार कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरू भएको छ । भ्याली युथ क्लबले गुरुङहरुको महान पर्व ल्होसार (पन्ध्र पुस) को पावन अवसरमा आयाेजित प्रतियोगिताकाे उद्घाटन खेलमा नर्सरी युथ क्लबले भ्याली युथ क्लबलाई पराजित गरेकाे हाे ।
निर्धारीत समयसम्म दुबै टिमको गाेल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियाे । पेनाल्टी सुटआउटमा नर्सरीले २-१ काे अन्तरमा जित हासिल गरेको थियाे । पेनाल्टी सुटमा भ्यालीका दुई खेलाडीकाे प्रहार नर्सरीकम गाेलरक्षकले बचाउ गरेका थिए भने नर्सरीका एक खेलाडी पेनाल्टी सुटमा चुकेका थिए ।
प्रतियोगिताको विजेताले ट्रफिसंगै नगद ५५ हजार ५५५ रुपैयाँ र उप–विजेताले नगद ३३ हजार ३३३, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने गोलरक्षक, गोलकर्ताका साथै सर्वोत्कृट र उदयमान युवा खेलाडीलाई हौसला स्वरुप नगद १ हजार ५०० रुपैयाँको दरले पुरस्कृत गरिने छ । प्रतियोगितामा २३ टिम सहभागी भएका छन् ।