दुलेगौंडा । भू–उपयोग ऐन २०७६ को दफा ४ संग सम्बन्धीत अनुसुचि फारम अनुसार जग्गा धनिले आफ्को जग्गाको वर्गिकरण आफैले गर्न पाउने भएका छन् । साही अनुसार तनहुँ जिल्लामा मालपोत कार्यालयले सबै स्थानीय तहमा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । जिल्ला मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जिवि पौडेलका अनुसार वडास्तरीयर पालिकास्तरीय भू–उपयोगी योजना संञ्चालन गर्न यस कार्यक्रम सञ्चालन गरिएको बताए ।
जग्गा धनि स्वयमले भर्ने अभिलेखमा कृषि र गैह्र कृषि जग्गाको विषयमा स्पष्ट रुपमा खुलाउनुपर्ने बताईएको छ । भू–उपयोग ऐन २०७६ अनुसार मुख्य राजमार्गदेखि २०० मिटर दायाँ बाँयाका भुभाग गैह्रकृषि भुभाग रहने छ । यसै गरि शाखा मोटर मार्गमा १०० मिटर, भित्री मार्गमा ५० मिटर र भित्रि शाखा मार्गमा ३० मिटर दायाँ बायाँमा रहेका जमिन गैह्र कृषि भुभाग रहने मालपोत कार्यालय तनहुँका प्रमुख पौडेलले बताए ।
मालपोत कार्यालय तनहुका प्रमुख पौडेलका अनुसार २२ गतेभित्र सम्पूर्णले जग्गा वर्गिकरण गरिसक्नुपर्ने बताएका छन् ।