दुलेगौंडा । तनहुँ जिल्ला भित्र रहेका मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा जडान गरिएको छ । तनहुँ क्षेत्र नम्बर १ को मतगणना जिल्ला समन्वय समितिको सभा हल र तनहुँ क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको हलमा मतगणना गरिने हुदाँ उक्त क्षेत्रमा तारजालि लगाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गणनास्थलमा तारजाली लगाउनका साथै सुरक्षा पोस्ट, आवश्यक संरचना निर्माण गरिएको छ । मतगणनालाई सहज गराउनका लागि तारजालि लगार्ईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तनहुँमा १४२ मतदान स्थल र ३०५ मतदान केन्द्र रहेको छ । जिल्लामा २ लाख ४८ हजार ४९५ जनाले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेद्वारलाई मतदान गर्दै छन् ।