हलेदी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा रहेको शिला प्राथमिक विद्यालयलाई शुक्लागण्डकी जेसीजले खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको छ । जेसीज सप्ताहन्तको अवसरमा जेसीजले विद्यालयमा अध्ययनरत २१ विद्यार्थीलाई झोला, विद्यालयको बाल विकास केन्द्रलाई शैक्षिक र खेलकुदका सामग्री गरेको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादु विक राजुले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्न जेसीजले महत्वपूर्ण भुमिका खेलेको बताए । समाजमा रहेका असाहाय, गरिव, विपन्न परिवारको लागि जेसीज साथी बनेर सहयोग गर्ने गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शंकर पन्तले विद्यालयो भौतिक र शैक्षिक विकासमा सम्पूर्णको साथ र सहयोग आवश्यक रहेको बताए ।
जेसीजका अध्यक्ष शिवबहादुर विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी–२ का वडाध्यक्ष सुमनबहादुर राना मगर, विद्यालयका प्रधानाध्यापक निलराज चापागाई, जेसी आशिष श्रेष्ठ, प्रकाश विक, सन्तोष श्रेष्ठ, अनिस ढकाल लगायतको उपस्थिती रहेको थियो ।