दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ तनहुँ खैरेनीटारले विपन्न परिवारको स्वास्थ्य विमा गरिदिएको छ । सोमबार एक कार्यक्रम बिच लायन्सले शुक्लागण्डकी नगरपालिका–७ भित्र वसोवास गर्ने १० परिवारको स्वास्थ्य विमा गरिदिएको हो ।
कार्यक्रममा बोल्दै लायनस क्लब अफ इन्टरनेशनल ‘३२५ एल’ का प्रथम भाइस डिस्ट्रीक गर्भनर परमेश्वर बरालले विपन्न परिवारका लागि गरिएको स्वास्थ्य विमा लायन्सको उत्कृष्ट कार्य मध्यको एक रहेको बताए । ‘विपन्न परिवारको स्वास्थ्यको विषयमा लायन्स क्लबले गरेको कार्य उत्कृष्ट रहेको छ । स्वास्थ्य विमा पाउनुहुने परिवारका नागरिकहरुले यसको सहि सदुपयोग गर्नुहुन अनुरोध गर्दछु’ उनले भने ।
क्लबका अध्यक्ष नारायण पोख्रेलले विरामी हुदाँ उपचार गर्न पनि समस्या रहने परिवारलाई सहज गराउन स्वास्थ्य विमाको कार्यक्रम गरेको बताए । समाजमा लायन्सले थोरै सहयोग गरेर अनेक प्रचारबाजि गर्छ भन्ने कुरालाई चिर्नका लागि पनि यस कार्य गरेको उनको भनाई छ । ‘हामीले विपन्न नागरिकलाई चामल, पैसा दिएर सहयोग गछौं । तर, यो सहयोग एक/दुई महिना सम्म हो । तत्कालका लागि समस्याको हल भए पनि दिर्घकालिन भने हुदैन । स्वास्थ्य विमा गरियो भने बर्षभरी उसको परिवारका सदस्यले उपचार खर्च जोगाएर भए पनि अन्य कार्य गर्न सक्छन् । दीर्घकालिन छाप छोड्नका लागि भए पनि हामीले यस कार्य गरेका छौ’ उनले भने । साथै लायन्सले केही समय पछि शुकलागण्डकी–६ का विपन्न नागरिकको पनि स्वास्थ्य विमा गरिदिने बताए ।
क्लबका अध्यक्ष पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, लायन्स समुन्द्रराम श्रेष्ठ, बरदान लामिछाने, सुजित हिराचन, पतिाम्बर तिमिल्सेना, पूर्ण कायस्त लगायतको उपस्थिती रहेको थियो भने क्लबका सचिव सुरेनद्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।












