दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित र शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष सुमन बहादुर राना मगरले निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् ।
निर्वाचन आयोगको आचारसंहिताको दफा ५ को खण्ड (क) मा स्थानीय तहका जनप्रतिनिधिले आफु बहाल रहेको स्थानीय तहमा चुनाव प्रचार प्रसार गर्न नपाउने व्यवस्था रहेको छ । तर, नगरपालिकाका मेयर पण्डित र वडाध्यक्ष राना दुबैले आचार संहिताको प्रवाह नगरि गठबन्धनका उम्मेद्वार संगसंगै चुनाव प्रचार प्रसार गर्दै गरिरहेका छन् ।
गठबन्धन दलका उम्मेद्वार शंकर भण्डारी र राजेन्द्रकेशरी न्यौपाने चुनाव प्रचार प्रसारका लागि शुक्लागण्डकी–२ को हलेदी, नर्सरी, भुजिकोट, स्थानथोक, दगाम, झुप्राङ पुगेका थिए । उक्त चुनाव प्रचार प्रसारमा नगरपालिकाका मेयर पण्डित र वडाध्यक्ष राना पनि संगसंगै रहे । साथै उनिहरुले गठबन्धन दलका उम्मेद्वारलाई जिताउ भन्दै मतदाताहरुसंग मत पनि मागेका थिए ।
निर्वाचन आयोगले सामान्य रुपमा स्पस्टिकरण सोध्ने बाहेक कारबाहीको अन्य प्रक्रिया अगाडी नबढाउदा प्रत्येक निर्वाचनमा जिम्मेवार व्यक्तिहरुबाटै आचार संहिता उल्ङ्घन हुदै आएको छ । यसले गर्दा निर्वाचन आयोगले जारी गरेको आचार संहिता कागजि खोस्टो मात्रै बनेको छ ।