दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडाका स्थानीयहरूलाइ महामारीको रूपमा फैलिएको डेङ्गी सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
वडा भित्र डेङ्गीका बिरामी बढेकाे हुदाँ राेग नियन्त्रण गर्न डेङ्गी सम्बन्धि अभिमुखीकरण गरेको शुक्लागण्डकी-४ का वडाध्यक्ष राजकुमार वाग्लेले बताए । `सुन्दा सामान्य लागे पनि राेग लागेपछि जटिल समस्या देखिने हुदाँ सुरूमा जनचेतनामूलक कार्यक्रम गरेका हाै । हामी आफै सचेत हुन सके डेङ्गीबाट बच्न सकिन्छ´ उनले भने ।
डेङ्गीबाट बच्न `लाम्खुट्टे खाेजाै र नष्ट गराै´ अभियानमा लाग्नुपर्ने दुलेगौंडा-खैरेनीटार स्वास्थ चाैकीका जनस्वास्थ्य निरिक्षक ढालबहादुर थापाले बताए । उनले राेग नियन्त्रण गर्न विषादी छर्नु भन्दा पनि आफ्नो घर आगनमा पानी जम्ने खाल्डाखुल्डी पुर्न आग्रह गरे ।
अभिमुखीकरण कार्यक्रम तनहुँ सेवा हस्पिटलका डाक्टर विवेक श्रेष्ठले डेङ्गी के हाे, कहाँ बस्छ, डेङ्गीका असर के हाे, कस्तो प्रकृतिको हुन्छ लगायतको विषयमा अभिमुखीकरण गराएका थिए ।
वडा र स्वास्थ चाैकीकाे संयुक्त आयाेजनामा भएको अभिमुखीकरण कार्यक्रम वडा सदस्य मदन श्रेष्ठ, महिप ज्वारचन, मिठुमाया थापा, स्वास्थ चाैकीका स्वास्थ अधिकृत दुर्गा अधिकारी, १६ टाेलका टाेल प्रतिनिधिकाे उपस्थिति रहेको थियाे ।