तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले कास्य पदक हात पारेको छ ।
बुधबार भएको खेलमा वाग्मती प्रदेशलाइ ९-७ अंककाे अन्तरमा गण्डकीले जित हासिल गरेको थियाे ।
मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसंग पराजित भएको थियाे भने वाग्मती प्रदेश एपीएफसंग पराजित भएको थियाे ।
आजै भएको फुल काेर्ट महिला बास्केटबलमा पनि गण्डकी प्रदेशले कास्य पदक हात पारेको थियाे ।