तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताकाे सेमिफाइनलमा सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै वाग्मती प्रदेशले फाइनलकाे यात्रा तय गरेको छ । मंगलबार भएको दाेस्राे सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई ८३-२५ काे फराकिलो अन्तर सहित वाग्मतीले जित हासिल गरेको हाे ।
प्रतियोगिताकाे सुरूदेखि नै अग्रता कायम गरेकाे वाग्मतीले अन्त्यसम्म पनि अग्रता नै कायम गरिरह्याे । जहाँ पहिलो चरणमा २०-४, दाेस्राे चरणमा २५-८, तेस्रो चरणमा १८-३ र चाैथाे चरणमा २०-१० काे अन्तर बनाएको थियाे ।
प्रतियोगितामा वाग्मतीले लिग चरणको दुवै खेलमा जित हासिल गर्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे थियाे भने सुदुरपश्चिम प्रदेश एक हार र एक जित सहित सेमिफाइनलमा पुगेको थियाे ।