तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् ।
आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई १७-७ काे अन्तरमा पराजित गरेको छ । प्रतियोगितामा गण्डकी प्रदेशकी स्मृत गुरूङले ७ अंक जाेडेकी थिइन ।
यसै गरि एपीएफले प्रदेश-१ लाई २१-५ र आर्मीले वाग्मती प्रदेशलाई १२-४ काे अन्तरमा जित हासिल गरेको थियाे ।