तनहुँ । नवाै राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा वाग्मती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । आइतबार भएको खेलमा वाग्मतीले गण्डकीलाई ६७-४३ अंककाे अन्तरमा पराजित गरेको हाे।
प्रतियोगिताकाे पहिलो चरणमा वाग्मतीले २५-५ काे फराकिलो अन्तर बनाएको थियो । यसै गरि वाग्मतीले दाेस्राे चरणमा १३-८, तेस्रो चरणमा २०-१४ काे अन्तर कायम गर्याे । चाैथाे चरणमा भने गण्डकीले राम्रो खेल प्रदर्शन गर्याे । जहाँ गण्डकीले १६-९ काे अन्तर बनायो ।
खेल अवधिमा गण्डकीकि सिमा गर्वुजाले सर्वाधिक अंक जाेडेकी थिइन् । जहाँ उनले क्लबका लागि १६ अंक जाेडेकी थिइन् । प्रतियोगिता लिग चरणमा खेलाइएको छ ।
यसअघिकाे खेलमा वाग्मतीले प्रदेश-१ लाई ७५-२४ काे अन्तरमा जित हासिल गरेको थियो ।