तनहुँ । नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी र वाग्मती प्रदेशले जित हासिल गरेका छन् ।
शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४-७ काे अन्तरमा जित हासिल गरेको थियो । आर्मीकाे जितमा जेनिसा श्रेष्ठले ८ अंक जाेडेकी थिइन ।
यसै गरि वाग्मती प्रदेशले मधेस प्रदेशलाई फराकिलो अन्तर सहित जित हासिल गरेको छ । खेलमा वाग्मतीले मधेस प्रदेश विरूद्ध १४-२ काे अन्तर बनाएको थियाे । वाग्मती प्रदेशको जितमा आस्था चाैधरीले ८ अंक जाेडेकी थिईन ।