काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्ने भएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
असोज २० गते पक्राउ परेका लामिछानेलाई यस अघि अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । १७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।