गोरखा । गोरखा जिल्लामा सञ्चालित दशै कपको उपाधिका लागि तनहुँ जिल्लाले हात पारेकाे छ । चडपर्वलाई लक्षित गरि गोर्खा बोर्लाङ्ग खेलकुद विकास समितीले आयोजना गरेको अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा तनहुँले स्याङ्जा ३-१ काे सेटमा जित हासिल गरेको हाे ।
प्रतियोगितामा प्रथम भएसंगै तनहुँ भलिबल समुहले नगद १ लाख ३० हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता स्याङ्जा भलिबल समुहले नगद ८० हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
जिल्ला स्तरमा रहेका खेलाडीको संरक्षण गरि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना भएको थियो । प्रतियोगिता असाेज १२ गतेदेखी असोज १६ गतेसम्म सञ्चालन भएको थियाे ।