दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ दुलेगौंडा–खैरेनी सिटीले चाडपर्वको समयमा विपन्न नागरिकलाई खाद्यान्न सामाग्री वितराण गरेको छ । शनिबार क्लबले शुक्लागण्डकी नगरपालिका–३ मा बसोवास १० जना विपन्न नागरिकलाई नुन, तेल, दाल, चिनि, चालम लगायतका खाद्यान्न सामग्री वितरण गरेको हो ।
खाद्यान्न सामग्री वितरण कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सञ्चिन भुजेलले लायन्सले गरेको खाद्यान्न वितरणले चाडपर्वको समयमा विपन्न नागरिकको चुलोमा आगो बल्न सहयोग पु¥याएको बताए । साथै सामाजिक कार्यमा लायन्स क्लब सक्रिय क्लबको रुपमा स्थापित भएको बताए ।
क्लबका अध्यक्ष टिकाराम श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको खाद्यान्न सामग्री वितरण कार्यक्रममा लायन्सहरु कृष्णप्रसाद पौडेल, बरदान क्षेत्री, फडिन्द्र पौडेल, सुमन सापकोटा, सञ्जय घिमिरे, राम लम्साल लगायतको उपस्थिती रहेको थियो ।