गोरखा । गोरखा जिल्लामा जारी दशै कपको उपाधिका लागि तनहुँ र स्याङ्जा भिड्ने भएका छन् । चडपर्वलाई लक्षित गरि गोर्खा बोर्लाङ्ग खेलकुद विकास समितीले आयोजना गरेको अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा सुप्परलिग चरणबाट तनहुँ र स्याङ्जा फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ३० हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता समुहले नगद ८० हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
जिल्ला स्तरमा रहेका खेलाडीको संरक्षण गरि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना भएको थियो । असोज १२ गतेदेखी जारी भलिबल प्रतियोगिताको फाईन भोलि(आईतबार–असोज १६ गते) हुनेछ ।