दुलेगौंडा । तनहुँ सूचना समाज सहकारी संस्थामार्फत सञ्चालित रेडियो तनहुँ ९७.२ मेगाहर्जको सञ्चालक समिति अध्यक्षमा दुर्गाकुमार श्रेष्ठ चयन भएका छन् । रेडियोको १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनमार्फत श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनले स्थापनाकाल (१५ बर्ष) देखि रेडियोको अध्यक्ष भई कार्यकाल सम्हालेका प्रा.डा चन्द्रबहादुर थापालाई संरक्षकका रूपमा राख्ने निर्णय गरेको छ ।
समितिको उपाध्यक्षमा रेशमलाल पौडेल, सचिवमा लालबहादुर श्रेष्ठ, कोषाध्यक्षमा सुजनकुमार श्रेष्ठ र सहसचिवमा नारायणदत्त अधिकारी चयन भएका छन् । यसैगरि सदस्यमा समुन्द्रराम श्रेष्ठ, रामकुमार श्रेष्ठ, उमाकान्त श्रेष्ठ, पूर्णबहादुर थापा, यामबहादुर खाँण, राजेश्वर खनाल, सुन्दर बस्याल र बलराम मिश्र चयन भएका छन् ।
अधिवेशनले लेखा समिति संयोजक गायत्रीप्रसाद पौडेललाई तोकेको छ भने हुमबहादुर खड्का, माधवप्रसाद अधिकारी, सुरजकुमार श्रेष्ठ र कुलप्रसाद गुरुङ सदस्य रहने छ ।