काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (सोमबार) साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल सुरु हुनेछ ।
महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेको हो । पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । छैटौं संस्करणको खेलमा जुन टोलीले उपाधि जितेपनि इतिहास बन्नेछ ।