भिमाद । ईलाका प्रहरी कार्यालय भिमादले विद्यालय र क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई लागूऔषध र साइबर अपराधबारे प्रशिक्षण कार्यलाई तिब्रता दिएको छ ।
मंगलबार भिमाद नगरपालिका–६ मा रहेको जनज्योति क्याम्पसको कक्षा ११ मा अध्ययनरत १०७ जना विद्यार्थीलाई समाजमा हुने अपराधिक गतिविधि र त्यसबारे हुने कानुनि व्यवस्थाको बारेमा प्रशिक्षण गराएको कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक युवराज सलामी मगरले जानकारी दिए । उनका अनुासर विद्यार्थीहरुलाई जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार, बालबिवाह,मानवबेचबिखन ओसारपसार, साईबर अपराध, लागू औषध तथा बालबालिकामा हुन सक्ने हिंसा, त्यसको कानुनी व्यवस्था, अपनाउनु पर्ने सुरक्षा तथा सावधानीका उपाय साथै नैतिक शिक्षा बारेमा प्रशिक्षण गराईएको थियो ।