दुलेगौंडा । तनहुँ जिल्लाको नमुना विद्यालय घोषित पञ्चमुनिदेव माध्यमिक विद्यालयका छात्र संगम खत्रीले कक्षा १२ को परीक्षामा तनहुँ जिल्लामै सर्वाेत्कृष्ट बनेका छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार खत्रीले ३.६४ जिपिए प्राप्त गरी जिल्ला उत्कृष्ट हुन सफल भएको विद्यालय कक्षा ११÷१२ का संयोजक लक्ष्मण पुरीले बताए ।
११÷१२ का संयोजक लक्ष्मण पुरीले तनहुँ जिल्लाबाट परीक्षा दिएकोमा सबैभन्दा धेरै जिपिए खत्रीले ल्याएको हुदाँ जिल्लामै सर्वाेत्कृष्ट भएको दाबि गरे । ‘जिल्लाबाट परीक्षामा सहभागी भएका विद्यार्थीहरुको नतिजासंग तुलना गर्दा हाम्रो विद्यार्थी संगम खत्रीको सबैभन्दा धेरै जिपिए आएको छ । यसले गर्दा पञ्चमुनिदेव माविका खत्री जिल्ला प्रथम भएका हुन्’ उनले भने । जिल्लाकै सर्वाेत्कृष्ट बनेका खत्री विज्ञान संकायमा अध्ययनरत विद्यार्थी हुन् ।
यसअघि २०६८ र २०७१ सालमा पनि यस विद्यालयले तनहुँमै उत्कृष्ट नतिजा ल्याएको थियो । यस बर्ष विद्यालयबाट ४ सय २० जना विद्यार्थी परिक्षामा सहभागी थिए ।