काठमाण्डौ– देशको ७२ जिल्लामा डेंगीको संक्रमण फैलिएको छ । अझै दुई महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन विज्ञको आग्रह रहेको छ ।
गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।
दाहालका अनुसार अहिलेसम्म ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको छ । जिल्ला जिल्लाबाट नयाँ तथ्याङ्क आएकाले यो संख्या अझै बढ्ने उनको भनाई छ । गण्डकी प्रदेशमा हालसम्म ८४ जनामा डेंगी पुष्टि भएको छ ।